सकियो मधेसी आयोगमा प्रस्तावित दत्तको संसदीय सुनुवाइ, चौधरीको चल्दै
काठमाडौं : मधेसी आयोगको अध्यक्षमा प्रस्तावित डा. विजयकुमार दत्तको सुनुवाइ सकिएको छ । तर थारु आयोगका अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरीको संसदीय सुनुवाइ चलिरहेको छ ।
यसपछि राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा सिफारिस समिम मिया अन्सारीको सुनुवाइ हुने कार्यसूची छ । दत्त र चौधरीविरुद्ध सुनुवाइ समितिमा उजुरी परेका थिएनन् भने अन्सारीविरुद्ध नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टीको संलग्नता का विषयमा उजुरी परेका थिए।