Logo
९ माघ २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई नै थाहा नभएको सभापतिको भनाई

जनकपुर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।

आइतबार विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताए हुन् । उनले भने, ‘त्यसवेला के के भयो थाहा छैन, मलाई थाहा नै नभएको बारे के भनौँ ?’

उनले वाइडबडी खरिद प्रकरणबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने समेत बताएका छन् । आफूलाई समेत बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताए ।

उनले फरक प्रशङगमा ओली सरकारले दुई तिहाईको दम्भमा हैकमवादी प्रवृत्ति देखाएको भन्दै जनतामाथि हैकम लाद्न खोजेकाले काँग्रेस आन्दोलनको तयारीमा लागेको जनाए ।

उनले वर्तमान सरकारले देशमा संघीयता कार्यान्वयनका लागि कानुन निर्माणबारे छलफल र बहस भईरहेका बेला सूचना तथा सञ्चार क्षेत्रमा बोल्न र लेख्नका सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाउन खोज्नुले ओली संघीयता विरोधी देखिएको बताए ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्