Logo
९ माघ २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र विखण्डनको पक्षमा भएका गतिविधि थाहा नपाए जस्तो नगर्नुस् !

जनकपुर : राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्र विखण्डनको पक्षमा भैरहेका विभिन्न गतिविधिहरुको निगरानी गर्न अनुरोध गरेका गरेका छन् ।

पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले भने ‘म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु कि राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ ।’ ।

अध्यक्ष थापाले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको समेत बताए । रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुःख व्यक्त गरे ।

‘अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले मधेसका जनता राष्ट्रवादी रहेको बताउँदै भने, ‘आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्, विखण्डनको बीऊ रोप्न खोज्ने तत्वलाई छुट नदिन प्रधानमन्त्री र सरकारलाई दोहोर्‍याएर आग्रह गरेका छन् ।’

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्