Logo
९ माघ २०८१, बुधबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस सभापति देउवा भन्छन्-‘मैथिलीलाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउँँछु’

जनकपुरधाम : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मैथिली भाषालाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मैथिली भाषाको ईतिहास समृद्ध रहेको चर्चा गर्दै उनले आफ्नो पार्टीले यस अघि पनि मैथिली भाषालाई नेपालको दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउनका लागि पहल गरेपनि सफल नभएको चर्चा गरे ।

मैथिली विकास कोषको आयोजनामा शनिबारदेखि जनकपुरधाममा सुरु भएको जनकपुर साहित्य कला एवं अन्तर्रा्ष्ट्रिय नाटक महोत्सवको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै देउवाले नेपालका लागि संघियता आजको आवश्यक्ता रहेको बताए । उनले नेपालमा संघियता संस्थागत हुने क्रममा रहेको र अब संघियतालाई कसैले समाप्त पार्न नसक्ने दाबी समेत गरेका छन ।

जनकपुरधाममा शनिबारदेखि सुरु भएको जनकपुर साहित्य कला एवं अन्तर्रा्ष्ट्रिय नाटक महोत्सव ६ दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तानसहित विभिन्न चार देशका नाट्य संस्थाले नाटक मञ्चन गर्नेछन । महोत्सवमा मैथिली भाषामा केन्द्रित भई प्रदेशको सांस्कृतिक परिचय, भाषा र जातीय विभाजनका प्रभाव, भाषा साहित्य संरक्षणमा चुनौती, मातृभाषा संस्कृति र युवा, मैथिली फिल्मको सम्भावना, स्थानीय तहमा मातृभाषा शिक्षण, केन्द्रीकृत पत्रकारिता र मिथिला, प्रदेशको भाषा र नामकरण, मिथिला समाजमा महिलाको सामाजिक तथा सांस्कृतिक भूमिकाबारे नेपाल–भारतका विज्ञहरुबीच संवाद तथा छलफल समेत गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को प्रादेशिक भाषा मैथिली हुनुपर्नेमा जोड दिएका छन् । प्रदेशको नाम मिथिला भोजपुरा हुनुपर्ने बताउँदै उनले मिथिला भोजपुरा बाहेक अन्य नाम यो भूगोलका लागि उपयुक्त हुन नसक्ने जिकिर गरेका छन ।

मैथिलीलाई दोश्रो भाषाको रुपमा संविधानमा उल्लेख गराउन पहिलो पटक सफल नभएपनि यो अभियान जारी नै रहेको नेता निधिले बताए । कार्यक्रममा सहभागी भएका नेकपाका नेता घनश्याम भुसालले मैथिली भाषा संस्कृति,कला साहित्य नेपालको साझा भाषा रहेको बताए । उनले मैथिली भाषाको ईतिहासले हामी सबै नेपालीलाई गौरवान्वित गर्दै आएको समेत बताए ।

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्