Logo
२ माघ २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तन्द्रुस्त अवस्थामा पाकिस्तानबाट स्वदेश फर्के भारतीय कमाण्डर अभिनन्दन (भिडियो सहित)

हवाई युद्ध गर्दागर्दै लडाकु बिमान क्रयास भएर परासुट मार्फत जयान जोगाई रहँदा पाकिस्तानको सिमामा पुगेका भारतीय लडाकु विमानका पाइलट विंग कमाण्डर अभिनन्दन बर्तमान तन्द्रुस्त अवस्थामा पाकिस्तानबाट स्वदेश फर्केका छन् ।

भारतीय-पाकिस्तानी गरि दुवै देशका उच्च सुरक्षाबीच पाकिस्तानले शुक्रवर राती साढे ९ बजे तिर भारतलाई उस्को पाइलटलाई सुपर्दगी गरेका हुन् ।

भारतीय पाइलट विंग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानी सेनाले आफ्नो क्याम्पमा लिएका थियो । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति ड्रोनल ट्रम्प लगायत चीन, रुस, फ्रान्स लगायत मार्फत समेत दवाब दिलाएपछि पाकिस्तानले भारतीय पाइलटलाई रिहा गर्न तयार भएको थियो ।

पाकिस्तानी संचारमाध्यमले सुपर्दी गर्दै गरेको सबै किसिमको गतिबिधिलाई लाइभ देखाएका थिए । पाकिस्तानी संचारमाध्यम मार्फत अभिनन्दनको भिडियो पनि सार्वजनिक गरिएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्