Logo
१ माघ २०८१, मंगलबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा मन्त्री अधिकारीको शवयात्रा, रामघाटमा दाहसंस्कार गरिने

सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव यात्रा गरिएको छ । पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्‍जली अर्पण गरिसकेपछि शव यात्रा सुरु भएको हो ।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ । शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका छन् ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओढाएर सम्‍मान व्‍यक्त गरेका थिए ।

उड्डयनमन्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलिका लागि नेता कार्यकर्तादेखि सर्वसाधारणको भीड लागेको छ । पोखरा-९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको उनको पार्थिव शरीरमा नेताहरु तथा सर्वसाधारणले क्रमबद्ध रुपमा लाइन लागेर श्रद्धाञ्‍जलि अर्पण गरिहरेका छन् ।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले ओढाएर सम्‍मान व्‍यक्त गरेका छन् ।

यस्तै नेकपा पार्टीको तर्फबाट नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएका छन् ।  यस्तै प्रदेश सरकारका प्रवक्ता एव भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेतले मन्त्री अधिकारीको जीवनी वाचन गरेर सुनाएका छन् ।

मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइनेछ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्