भारत र पाकिस्तानबीचको बढ्दो तनावले राष्ट्रपति भण्डारी बनिन् चिन्तित
काठमाडौं : भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति राष्ट्रपति विद्या भण्डारीले चिन्ता व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।
शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गरिन् ।
राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सहअस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन् । राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण समेत गराईन् ।