मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिन हजारौँको भीड, झुकाइयो ४९ वटा झण्डा (तस्बिर सहित)
पोखरा : पोखरा ९ नयाँबजार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन ठूलो संख्यामा नागरिकहरु भेला भएका छन् ।
उक्त प्रदर्शनी केन्द्रमा हुने श्रद्धाञ्जलि कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा नागरिक भेला भएका हुन् । श्रद्धाञ्जलिसभा स्थलमा पार्टीका ४९ वटा झण्डा झुकाइएको छ ।
मन्त्री अधिकारीको उमेर ४९ वर्ष पुगेका कारण ४९ वटा झण्डा झुकाइएको पार्टीका कार्यकर्ताले बताएका छन् । पोखरा स्थित रामघाटमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टि गर्ने कार्यक्रम छ ।