शोक प्रस्ताव पारित गर्न आज नेकपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक शुक्रबार दिउँसो साढे एक बजे बस्दैछ । बैठकले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
मन्त्री अधिकारीको शव शुक्रबार पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ ।