Logo
९ माघ २०८१, बुधबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताप्लेजुङबाट सुरु भयो राप्रपाको मेची-महाकाली यात्रा, अध्यक्ष थापाले गरे उद्घाटन

ताप्लेजुङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राु पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट सुरु भएको छ ।

अभियानको राप्रपा अध्यक्ष कमल थापाले उद्घाटन गरे । हिन्दु राष्ट्रको पुनर्स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दवाव दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्न स्वाभिमान यात्रा सुरु गर्न लागिएको राप्रपाका अध्यक्ष थापाले वताए ।

यो अभियानको मुख्य उद्देश्य राजसंस्था र सनातन हिन्दु राष्ट्र संरक्षण पनि भएको बताइएको छ । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिमको कञ्चनपुर पुग्ने बताइएको छ । शनिवारदेखि सुरु भएको यात्रा फागुन ३० गतेसम्म सञ्चालन हुने राप्रपाले जनाएको छ ।

राप्रपाको स्वाभिमान यात्रा कञ्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर फागुन २९ गते काठमाडौं प्रवेश गर्ने सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्