Logo
११ पुस २०८१, बिहीबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय वायुसेनाको लडाकु विमान जम्मू-कश्मीरमा दुर्घटना, दुई पाइलटको मृत्यु

जम्मू : कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ ।

एयरफोर्सको मिग-२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो ।

विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्