Logo
९ माघ २०८१, बुधबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतालाई शोषण गरेर जनप्रतिनिधिहरुले लिए सुविधा, जनगणतन्त्र पूरा गर्न सडक आन्दोलन

जनकपुर : नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले संचालन गरेको मेची-महाकाली जनजागरण तथा जनपरिचालन अभियान आज महोत्तरीको जलेश्वरमा पुगेको छ ।

मोर्चाका अध्यक्ष सिपी गजुरेलले संघीय जनगणतन्त्रका लागि सडक आन्दोलनको विकल्प नरहेको बताएका छन् । बुधबार जलेश्वरमा पत्रकारसँगको भेटघाटमा नेता गजुरेलले १० वर्षे जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नभई जनगणतन्त्रका लागि भएकाले अब त्यसलाई पूरा गर्न आफूहरुले सडक आन्दोलन गर्ने बताए ।

उनले नेपाली जनताले देखेको समृद्धिको सपनामा भ्रष्टाचार हाबी देखिएको पनि बताए । उनले भने- ‘प्रधानमन्त्री ओलीले म आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ भन्न त भन्नुहुन्छ, तर अहिले त्यसको उल्टो भइरहेको छ ।’

तीनै तहको सरकार बनेपनि कर बाहेक केही दिन नसकेको बताउँदै उनले गरिब जनतालाई निचोरेर, शोषण गरेर जनप्रतिनिधिहरुले सुविधा लिने गरेको आरोप लगाए । उनले एनसेल कम्पनीसंग ७६ अर्ब रुपैयाँ असुल उपर गर्न नसक्ने सरकार जनताको टाउकोमा कर भारी बोकाउन लागिपरेको आरोप समेत लगाए ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्