‘आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद’ भन्दै वीरगञ्जमा राजपाको प्रदर्शन
काठमाण्डौ : भारतमा भएको आतंकवादी हमलाको विरोधमा मंगलबार राष्टिय जनता पार्टी ९राजपा० ले वीरगञ्जमा मोटरसाईकल र्याली निकालेको छ । त्यसो त पुलवामा आक्रमणपछि सुरु भएको भारत र पाकिस्तानको तनाव बढ्दो छ । मंगलबार विहानै मात्रै भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा ९एलओसी० पार गरेर बम हमला गरेको छ । नेपाल सरकारले भने पछिल्लो घटनाबारे केही बोलेको छैन ।
राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा मंगलवार निस्किएको मोटरसाईकल र्यालीले वीरगञ्ज महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको छ । र्यालीमा राजपा निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय युवा संघ लगायतको सहयागिता थियो। मोटरसाईकल र्यालीमा सहभागीहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण गर्ने राष्ट्र मुर्दावाद, आतंकवाद विरुद्धको लडाईमा भारत हामी तिम्रो साथमा छौँ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।
नगरको परिक्रमा पश्चात घण्टाघरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै राजपा महासचिव राजेशमान सिंहले आतंकवादलाई समाप्त पर्नुपर्ने आवश्यकता रहेको बताए । सोही शिलशिलामा भारतमा भएको आतंकवादी हमलाको विरोधमा युवाहरुले शान्तिपुर्ण मोटरसाईकल र्याली निकालेको बताए । ‘यसले एउटा म्यासेज पनि जानेछ कि हामी युवाहरु आतंकवादको विरोधमा छौ’, महासचिव सिंहले भने, ‘आतंकवादको विरोधमा भारत सरकारसँग युवाहरु साथमा छन् भन्ने सन्देश गएको छ ।’
आतंकवादको कुनै जात तथा धर्म नभएको बताउदै महासचिव सिंहले सम्पुर्ण नेपाली युवाहरु आतंकवादको विरोधमा विश्वको साथमा रहेको रहेको बताए । गत फेब्रुअरी १४ मा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती आतंकवादी हमलाको विरोधमा प्रदर्शन गरेका हौं’ उनले भने, ‘आतंकवादविरुद्ध विश्व एक हुनुपर्छ, त्यही सन्देश दिन आतंकवादलाई साथ र समर्थन गर्ने तथा आतंकवादीको संरक्षण गर्नेहरुको विरोधमा वीरगञ्जमा हामीले प्रदर्शन गरेका हौं ।’
प्रदर्शनमा सहभागीहरुले ‘आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद’, ‘आतंकवादविरुद्ध भारत हामी तिम्रो साथमा छौं’, ‘नेपाल-भारत मैत्री सम्बन्ध अमर रहोस्’ जस्ता नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेका थिए ।