Logo
४ मंसिर २०८१, मंगलबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाको चारदिने बैठकपछि जनकपुरबाट आयो यस्तो निर्देशन

जनकपुरधाम : प्रदेश २ स्थित राजधानी जनकपुरमा चारदिनदेखि जारी राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय अध्यक्षमण्डल सहित पदाधिकारकिो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीका प्रतिनिधि, मन्त्री, सांसद एवं कार्यकर्ताहरुलाई आ-आफ्नो स्तरबाट एक आपसमा समन्वय र सहकार्य गरेर अघि बढ्न निर्देशन दिँदै सोमबार साँझ बैठक सकिएको हो ।

फागुन १० गतेदेखि जनकपुरको राजदरबार होटेलमा चलेको राजपा केन्द्रिय अध्यक्ष मण्डल लगायत प्रतिनिधिको बैठकमा अगामी वैशाखामा हुने पार्टीको केन्द्रिय महाधिवेशन, प्रदेश २ सरकारको समिक्षा, जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिका लगायतमा आफ्ना जनप्रतिनिधिको काम कार्वाही, विकास निर्माणको काम, जनआकंक्षा लगायतको विषयमा चरणवद्ध छलफल भएको जनाएको छ ।

उक्त बैठकमा पार्टीका मन्त्री, राज्यमन्त्री, प्रदेश सांसद, मेयर, उपमेयर, गाउँपालिका प्रमुख लगायतका आफ्ना जनप्रतिनिधसंग छलफल गरेको हो । बैठकमा उठेका विषय, प्रश्नको टुंगो भने लगाएको छैन । उक्त विषयहरुको जवाफ, र बैठकमा उठ्न बाँकी रहेका विषयहरुमा अगामी फागुन १७ गते पुनः बस्ने केन्द्रिय अध्यक्ष मण्डलको बैठकले विस्तृत निर्णय गरी निर्देशन जारी गरिने राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती :

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्