Logo
९ माघ २०८१, बुधबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान विरुद्ध बदला लिएपछि राहुल गांधी र अरविंद केजरीवालको प्रतिकृया : ‘पायलटलाई सलाम’

भारतीय सेना अन्तरगतको वायु सेनाले पाकिस्तानी सिमा क्षेत्रमा रहेको पीओके स्थित आतंकवादी अखडामा आक्रमण गरेर ३०० भन्दा बढी आतंवादीहरुको इनकाउण्टर गरेपछि प्रतिपक्षी भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ‘पायलटलाई सलाम’ भन्दै प्रतिकृया दिएका छन् ।

उनले यसअघि नै सरकारले गर्ने प्रत्येक निर्णयमा आफ्नो साथ रहने बताइसकेका छन् । राहुलले मंगलवार ट्विट गर्दै भनेका छन् ‘म बायु सेनाका पायलटहरुलाई सलाम गर्दछु’ ।

पाकिस्तान स्थित चिकोटी, मुजफ्फराबाद, बालाकोट लगायतका क्षेत्रमा एयक्राप्टद्वारा बमबारी गरेर ३०० भन्दा बढी आतकंवादीहरुको इन्काउण्टर गरेको हो । राहुलले वायु सेनाको बहादुरी भन्दै लेखेका छन् ‘म बायु सेनाका पायलटहरुलाई सलाम गर्दछु’ ।

यसैबीच अर्का प्रतिपक्षी नेता तथा दिल्ली स्थित प्रदेश सरकारका मुख्यमन्त्री अरविंद केजरीवालले पनि भारतीय पक्षले गरेको ठुलो कारवाहीलाई साराहाना गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन् ‘म भारतीय वायुसेनाका जवानहरुलाई बहादुरीका प्रति सलाम गर्दछु, पाकिस्तानको आतकवादी अखडामा भारतीय वायुसेनाका जवानहरुले गरेको भारतीय आक्रमणले हामिलाई गर्व गर्ने मोका दिएका छन् ।’

भारतीय वायुसेनाले हवाई उडान मार्फत मध्यरातमा आतंवादीहरुको तालिम केन्द्रमा आक्रमण गरेको हो । आक्रमणमा ३०० भन्दा बढी आतंकवादी मारिएको भारती मिडियामा उल्लेख छ ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्