Logo
९ माघ २०८१, बुधबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समिम मियाँ अन्सारी भन्छन्,-’मेरो चरित्र हत्या गर्न खोजियो’

काठमाडौं : मुस्लिम आयोगको अध्यक्षका लागि संवैधानिक परिषदबाट सिफारिस गरिएका प्रस्तावित समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् ।

अन्सारीले भने, ‘मेरो चरित्र हत्या गर्ने उद्देश्यले उजुरी हालेर विवादित बनाउन खोजिएको छ। मेरो कुनै पनि कागजातमा आशंका गर्नुपर्ने ठाउँ छैन ।’

उनले अरु राजनीतिक शक्ति केन्द्र पनि धाइरहेका छन्। अन्सारीको सिफारिसलाई संवैधानिक परिषदले फिर्ता लिने चर्चा भए पनि उनले नेताहरुले अझै पनि आफूलाई त्यसबारे कुनै जानकारी नगराएको बताए।

उनीविरुद्ध सुनुवाइ समितिमा चारजनाले उजुरी दिएका छन्। सुनुवाइ समितिले छानबिन गर्ने निर्णय गरेसँगै चर्चामा रहेका अन्सारीले उजुरीमा भनिए जस्तो आफ्नो व्यक्तिगत कुनै पनि विवरणमा शंका गर्ने ठाउँ नरहेको बताए ।

आइतबार दिउँसो परिषदको बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो । उनले देश सञ्‍चारसँग भने, ‘नाम फिर्ताबारे नेताहरुले मलाई कुनै जानकारी दिनुभएको छैन ।’

संसदीय सुनुवाइ समितिमा उनको नागरिकता, शैक्षिक प्रमाणपत्र नक्कली रहेको र नेकपाको केन्द्रीय सदस्य तथा समानुपातिकको बन्द सूचीमा नाम रहेको उजुरी परेपछि समितिले छानबिन अघि बढाएको छ ।

उनलाई माघ ६ गते संवैधानिक परिषदले सिफारिस गरेको थियो। उनले दलको केन्द्रीय सदस्यबाट आफूले यसअघि नै राजीनामा दिइसकेको दाबी गरे । तर, सुनुवाइ समितिलाई निर्वाचन आयोगले पठाएको विवरणमा उनी अझै पनि नेकपाको केन्द्रीय सदस्य नै रहेको जानकारी गराएको छ।

राजपामा रहेका अन्सारी गत वर्ष भएको स्थानीय तहको चुनावअघि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । सुनुवाइ समितिले छानबनि गर्ने निर्णय गरेसँगै अन्सारीले राजनीतिक लविङ गरिरहेका छन्। स्रोतका अनुसार उनले आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र  पुष्पकमल दाहालसँग बालुवाटारमा संयुक्त भेट गरेका थिए ।

सुनुवाइ समितिमा आइपुग्यो कागजात 
अन्सारीसँग सम्बन्धित कागजात संसदीय सुुनुवाइ समितिमा आइ पुगेको छ । अन्सारीविरुद्ध सुनुवाइ समितिमा नागरिकता नक्कली भएको, शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको, नेकपाको केन्द्रीय सदस्य र समानुपातिक सूचीमा रहेको नाम रहेको भन्दै उजुरी परेपछि समितिले छानबिनका लागि सम्बन्धित निकायलाई उनीबारेका कागजात पठाउन मंगलबार निर्देशन दिएको थियो ।

निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले नागरिक सम्बन्धि विवरण, निर्वाचन आयोगले नेकपाको समानुपातिक सूचि र केन्द्रीय सदस्य रहेको र संवैधानिक आयोगले शैक्षिक प्रमाणपत्र आइतबार सुनुवाइ समितिको सचिवालयमा दर्ता गराएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पठाएको विवरणमा उनले पहिलोपटक नागरिकता लिँदा उल्लेख भएको जन्म मिति र प्रतिलिपि लिँदा उल्लेख गरेको जन्म मिति फरक पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको ढड्डामा अन्सारीले पहिलोपटक २०५५ साल पुस २२ गते नागरिकता लिँदा जन्म मिति २०३७ असोज २४ गते उल्लेख भएको र २०६६ सालमा प्रतिलिपि लिँदा भने उनको जन्म मिति २०३० साल असोज २४ गते उल्लेख भएको विवरण समितिलाई प्राप्त भएको स्रोतले बतायो।

अन्सारीले संवैधानिक परिषदमा बुझाएको नागरिकतामा जन्ममिति २०३० साल असोज २४ गते नै उल्लेख भएको देखिन्छ। स्रोतका अनुसार भारतको बोधगयाको मगध विश्वविद्यालयमा सन् २००४ मा स्नातक गरेका अन्सारीले सबै विषयमा प्रथम श्रेणी ल्याएको देखिन्छ। कागजात मंगलबार बस्ने समितिको बैठकमा पेश हुनेछ।

यसैबीच तत्कालिन माओवादी पुर्व सांसद एवं पुर्वमन्त्री तथा हाल नेकपा नेता जाकिर हुसैनले पनि अन्सारीबारे प्रतिकृया ब्यक्त गरेका छन् । समाजिक संजालमा आफ्नो विचार लेख्दै अन्सारीमाथी निराधार आरोप लगाएको बताएका छन् ।

उनको विचार जस्ताको त्यस्तै : 

शमीम अन्सारीमाथि निराधार आरोप 

संवैधानिक परिषद्ले मुस्लिम आयाेगकाे अध्यक्षमा नियुक्त गर्न शमीम मियाँ अन्सारीकाे नाम सिफारिश गरी संसदीय सुनवाइ समितिमा पठायाे । सुनवाइ समितिमा प्रक्रियागत रूपमा शमीम अन्सारीबिरूध्द चारवटा उजुरी परे । उनकाे नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली रहेकाे र उनी नेकपाकाे केन्द्रीय सदस्य रहेकाे लगायतका उजुरीहरूले दुई सातादेखि सञ्चार माध्यमहरूमा ठाउँ पाइरहेकाे छ । शुरूमा उनलाई भारतीय नागरिककाे रूपमा चित्रित गरियाे । पछि कान्तिपुर दैनिकले काठमाडाैं जिल्ला प्रशासन कार्यालयबाट २०५५ मा बंशजकाे अाधारमा नागरिकता लिएकाे प्रमाणसमेतकाे समाचार छापेपछि उनीमाथिकाे नक्कली नागरिकता र भारतीय नागरिक भएकाे हव्वाले सञ्चार माध्यमहरूमा स्थान पाउन छाेडेर नागरिकताकाे रेकर्ड अनुसार उनकाे उमेर ३८ वर्ष मात्र पुगेकाेले उनी अायाेगकाे पदाधिकारी हुन अयाेग्य भएकाे कुराले सर्वत्र स्थान पायाे । सुनवाइ समितिमा उनकाे स्नातक मात्रकाे शैक्षिक प्रमाणपत्र रहेकाेले त्यसले पनि समाचारहरूमा ठाउँ पायाे ।

वास्तविकता के त? :

शमीम मियाँ अन्सारीले २०५५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट बंशजकाे अाधारमा नेपाली नागरिकता पाएका थिए । जि.प्र.का. काठमाडाैंकाे अभिलेखमा र त्यस बेला उनले प्राप्त गरेकाे नागरिकता प्रमाणपत्रमा पनि उनकाे उमेर २०३०/६/२४ गते नै उल्लेख छ । अन्सारीसँग त्यस बेला प्राप्त गरेकाे नागरिकताकाे फाेटाेकपी उपलब्ध छ । जिप्रकाकाे अभिलेख हेर्न सकिन्छ । नागरिकता पाएकाे केही दिनपछि उनले काठमाडाैंबाट नै सवारी चालक अनुमति पत्र प्राप्त गरेका थिए । अनुमतिपत्र (लाइसेन्स) मा पनि जन्म मिति २०३०/०६/२४ नै छ । र, लाइसेन्सकाे रेकर्डमा समेत यही मिति कायम छ । उनकाे तीनै तहका शैक्षिक प्रमाणपत्रहरूमा उनकाे जन्म मिति २०३०/०६/२४ नै छ ।

जन्म मितिकाे भ्रम :

२०५५ मा प्राप्त गरेकाे नागरिकता प्रमाणपत्र हराएपछि उनले २०६६ सालमा प्रतिलिपि निकाले । यसमा पनि जन्म मिति २०३०/०६/२४ नै छ । बिडम्बना के छ भने प्रतिलिपि निकालेकाे बखतमा जिप्रकाकाे रेकर्डमा जन्म मिति २०३७/०६/२४ देखिन गएकाे छ । आम मानवले भन्न सक्दछ कि याे कर्मचारीबाट हुन गएकाे मानवीय त्रुटि हाे । यसमा नागरिकतावाहक शमीम अन्सारीकाे के दाेष ?

शैक्षिक प्रमाणपत्रकाे भ्रम :

शमीम अन्सारीले छिमेकी मुलुक भारतकाे बिहार राज्यमा एस.एल.सी. देखि स्नातकसम्मकाे शिक्षा प्राप्त गरेका शैक्षिक प्रमाणपत्रहरू नेपालका सम्बन्धित निकायबाट प्रमाणिकरण गराई संवैधानिक परिषदमा समयमै बुझाएका थिए । परिषदले सुनवाइ समितिमा स्नातककाे मात्र शैक्षिक प्रमाणपत्र पठाएकाे रहेछ । पछि, परिषदले बाँकी शैक्षिक प्रमाणपत्रहरू पनि समितिमा पठाइसकेकाे बुझिएकाे छ ।

पार्टी सदस्य र बन्दसूचिकाे विषय :

शमीम अन्सारी नेकपाका केन्द्रीय सदस्य रहेकाे र प्रतिनिधिसभाकाे समानुपातिक तर्फकाे बन्दसूचिमा उम्मेदवारकाे हैसियतमा उनकाे नाम रहेकाे विषयले समाचार माध्यममा स्थान पाउनु स्वभाविक छ । नियुक्ति हुँदाकाे बखतमा उनले राजीनामा दिन सक्थे। यद्यपि उनले पार्टी कार्यालयमा यी दुवै विषयमा राजीनामा पेश गरिसकेका छन् ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्