Logo
३ आश्विन २०८१, बिहीबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुद्ध र गान्धीको तस्बिर बोकेर पाकिस्तानी दूतावास अगाडि नेपालीको प्रदर्शन (हेर्नुस् भिडियो)

काठमाडौं : आतंकवाद विरुद्ध काठमाडौंस्थित पाकिस्तानी राजदूतावास अगाडि प्रदर्शन भएको छ। युवाहरुको समूहले सोमवार दिउँसो शान्तिका दूत भगवान गौतम बुद्ध र महत्मा गान्धीको तस्बिरसहितको पर्चा र पम्प्लेट बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले ‘स्टप ब्लड सीड, डाउन वीथ टेररिजम’ नारा समेत लगाएका थिए।

युवाहरुले आफूहरु शान्तिको पक्षमा रहेको भन्दै हिंसाका घटनालाई कुनै पनि राष्ट्रले बढावा दिन नहुने धारणा राखेका थिए। भारतको काश्मिरस्थित पुलवामामा भएको आत्घाती आक्रमणको निन्दा गर्दै उनीहरुले आतंकवादलाई प्रश्रय नदिन पाकिस्तानलाई आग्रहसमेत गरे।

पुलवामा घटनाको विश्वभरबाट निन्दा भइरहेको छ। यो घटनामा ४२ भारतीय सैनिकको ज्यान गएको थियो। घटनाको जिम्मेवारी पाकिस्तानी सशस्त्र संगठन जैश ए मोहम्मदले लिएपछि भारतले पाकिस्तानमाथि दोष लगाउँदै आएको छ। तर पाकिस्तानले भने भारतको आरोप अस्वीकार गर्दै आएको छ।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्