Logo
९ माघ २०८१, बुधबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चैत १ बाट जनसंघर्ष सुरु, राजनीतिक अराजकता निम्तिन सक्ने थापाको चेतावनी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन् । हालै मात्र प्रधानमन्त्री ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका मागहरु सम्बोधन नगरे जनसंघर्ष गर्ने थापाले बताएका हुन् ।

राप्रपाले हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायतका माग अघि सारेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताए ।

“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौं । किन देशमा स्थायित्व भएन रु किन परिवर्तन भएन रु राष्ट्र विखण्डनको आवाज किन उठ्यो रु शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो रु’ थापाले प्रश्न गरे । पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको राप्रपा अध्यक्ष थापाको दाबी छ ।

यस्तै अवस्था रहे ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने उनको चेतावनी छ । राप्रपाले फागुन १५ गतेदेखि स्वाभिमान यात्रा गर्दैछ । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिनु यात्राको मुख्य उद्देश्य हो ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्