Logo
९ माघ २०८१, बुधबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.कोइराला र देउवाबीच विवाद : पार्टीभित्रको विषयमा बाहिर नबोल्न सभापतिको आग्रह

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो भन्नु केही छैन ।’

आइतबार विधान मस्यौदा लगायतका विषय अनुमोदनका लागि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले शेखर कोइरालाको विषमया वीरगंजको कार्यक्रममा बोलेको विषयमा गगन थापाले प्रश्न गरेपछि त्यसको जवाफ दिएका थिए । जवाफमा देउवाले आफूले शेखर कोइरालालाई पटक-पटक पार्टीभित्रको विषयमा बाहिर नबोल्न आग्रह गर्दा पनि नमानेको बताएका थिए ।

शेखरलाई मेरै घरमा बोलाएर तपाईं जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्न आग्रह समेत गरेको देउवाले बताए ।

त्यस्तै, कार्यक्रममा नेता कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने माग समेत गरेका छन् । उनले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गरे ।

केन्द्रीय सदस्य डा. कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गरे ।

उनले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्