भ्रामक समाचारप्रति पूर्व गृहमन्त्री असन्तुष्ट : मन्त्री पदमा रहन कुनै योजना नरहेको खुलासा
काठमाडौं : पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् । केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि शर्माले आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको बताएका हुन् ।
उनले समाजिक सञ्जाल मार्फत भनेका छन्, ‘संघीयता कार्यान्यनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु।’ उनले चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा आफ्नो नाम प्रयोग गरि समाचार प्रकाशित गर्नेहरुलाई सत्यतथ्य बुझेर लेख्न पनि आग्रह गरेका छन् ।