Logo
१२ पुस २०८१, शुक्रबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः शेरबहादुर देउवासँग सम्झौता गर्दै रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसभित्र महासमिति बैठकको म्याण्डेटअनुसार चल्ने वा नचल्ने विषयलाइ लिएर सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भैरहेको छ ।

बरिष्ठ नेता पौडेल महासमिति बैठकअनुसार चल्नुपर्ने अडानमा थिए । त्यही भएर पार्टीको केन्द्रिय कार्य समिति बैठक प्रभावित बनेको थियो । महासमिति बैठकले महाधिवेशनमा पदाधिकारी र केन्द्रिय सदस्यहरु बुथमा जान नपाउने निश्कर्ष निकालेको थियो ।

तर, देउवाले महासमितिको म्याण्डेटलाई लत्याउँदै बुथमा पदाधिकारी र केन्द्रिय सदस्यहरु पनि जान पाउनुपर्ने अडान लिएका छन् ।कांग्रेसनिकट उच्च स्रोतका अनुसार नेविसंघका तदर्थ समितिमा आफ्नो मान्छे बनाउनुपर्ने पौडेलले माग गरेका छन् ।

यही कारण देउवासँग पौडेलले सम्झौता गर्ने बुझिएको छ । नेविसंघको तदर्थ समितिको सभापतिमा आफ्नो मान्छे नियुक्त भए आफू सभापति देउवाले भनेबमोजिम अघि बढ्न तयार रहेको पनि पौडेलको रणनीति छ ।

आज काँग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । आईतबार काँग्रेस केन्द्रीय कार्यालयमा विहान ११ बजेदेखि बैंठक बसिरहेको छ । आईतबारको बैठकमा नेविसंघको तदर्थ समिति र विधान संशोधनमा देखिएको विवाद बारे छलफल गरिने काँग्रेसले जनाएको छ ।

लामो समयदेखि चलिरहेको यसको असमझदारी अझै टुङ्गिन सकेको छैन ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्