Logo
९ माघ २०८१, बुधबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशको बास्नादार होइन, स्वदेशमै उत्पादन भएको चामलको भात खानुर्पछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताउनु भएको छ । नेपालीहरुको खाद्य आदत परिवर्तन हुँदै गएकोले बाली प्रणाली पनि त्यसै अनुसार सुधार गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।
“पहिला नेपालीहरुमा साग सब्जी कम्ती खाने बानी थियो ।

अहिले यसमा परिवर्तन आएको छ । त्यस कारण अहिलेको भन्दाचार गुणा बढी साग सब्जीको उत्पादन गर्नुपर्दछ” प्रधानमन्त्रीले भन्नुभयो “बास्नादार र विदेशबाट आयात गरिएको चामल भन्दा स्वदेश मै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्नु पर्दछ ।” कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्तहुन नसकेको बताउनु भएको छ । “हाम्रो देशको लागि यती ठुलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ ” प्रधानमन्त्रीले भन्नुभयो “जबरजस्त रुपमा कृषिमा काम गरेका मानिसलाई बिस्थापन गर्ने भनेको होइन तर बिकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्दछ ।”

प्रधानमन्त्रीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने बताउनुभएको छ । “एकै ठाउँमा ठुलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु पर्दछ जसले गर्दा निर्यात गर्न सजिलो हुन्छ” प्रधानमन्त्रीले भन्नुभयो “हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्दछ । यसकालागि कृषि मन्त्रालयको नेतृत्वमा भूमी व्यवस्था मन्त्रालय र सहकारीहरुलाई साथ लिएर अघि बढ्नु पर्दछ ।”

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्