मन्त्रीलाई फोरम सांसद यादवको प्रश्न :‘भाङ खाएर सुत्नुभएको छ?’
काठमाडौं : संघीय समाजवादी फोरमका सांसद प्रदिप यादव शुक्रवार संसदमा आक्रामक रुपमा प्रस्तुत भएका छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्दै यादवले नेपाल एयरलाइन्सको मर्मत प्रकृयामा भएको भ्रष्टाचारप्रति आक्रोस व्यक्त गरे।
नेपाल एयरलाइन्सको इन्जिन मर्मत र पाटपूर्जाको टेण्डरमा १ अर्ब ५३ करोड रुपैयाँको घोटाला भएको सार्वजनिक हुँदा पनि त्यसतर्फ सम्बन्धित मन्त्रालयको ध्यान नपुगेको भन्दै उनले उनले भने, ’नागरिक उड्डयनमन्त्री भाङ खाएर सुत्नुभएको छ कि शुभलाभ पाएर सुत्नुभएको छ? कि उहाँको ध्यान त्यसमा पुगिरहेको छैन?’
यसका साथै शुक्रबार प्रतिनिधिसभामा अन्य विषयहरुमा पनि सरकारको ध्यानाकर्षण गराए। घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राज नारायण पाठकलाई कारबाही हुन नसकेको, संघअन्तर्गत निर्माण हुँदै आएका सडक निर्माणको कामको जिम्मेवारी प्रदेशलाई दिए पनि ती सडक निर्माणको काम हुन नसकेको लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।