Logo
१२ पुस २०८१, शुक्रबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा झन विवाद चर्कियो : नेपाल, खनाल र गौतमको फरकमतबीच कार्यदल भंग

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रवार विहान बसेको सचिवालय बैठकले पार्टीको सांगठानिक एकताका लागि खाका तयार पार्न गठन गरेको कार्यदल भंग गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताको बाँकी काम सचिवालयले गर्ने र त्यसलाई स्थायी समितिबाट अनुमोदन गराउने गरी कार्यदल भंग गरेको हो ।

बैठकमा कार्यदल विघटनप्रति वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुले फरक मत राखेका थिए । कार्यदल भंग भएसँगै नेपाल पक्षधर नेताहरुले लिखित असहमति बुझाउने तयारी गरेका छन् ।

कार्यदलप्रति प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै आएका थिए । हिजोको बैठकमा ओलीले कार्यदल भंगको प्रस्ताव राखेका थिए । पटक पटक समय थप गर्दा पनि पार्टी एकताको खाका ल्याउन नसकेको भन्दै अध्यक्ष ओलीले सचिवालय बैठकमा कार्यदल विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

यद्यपि, बहुमत सचिवालय सदस्यहरु भने कार्यदललाई एक साताको समय दिनुपर्ने पक्षमा थिए । कार्यदलको संयोजकमा रामबहादुर थापा थापा थिए । सदस्यहरुमा विष्णु पौडेल, शंकर पोख्रेल, रघुवीर महासेठ, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र बेदुराम भुसाल रहेका छन् ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्