Logo
५ मंसिर २०८१, बुधबार
(February 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालु पाण्डेको समाधी स्थल नेपालीका लागि तिर्थस्थल : प्रधानमन्त्री (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधी स्थल नेपालीका लागि तिर्थस्थल भएको बताएका छन् । काजी कालुपाण्डेको समाधिस्थलमा दहचोकमा आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहिबार पाण्डेको पूर्णकदको सालिक अनावरण गरेका हुन् । हरेक बर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धान्जली ब्यक्त गर्ने गर्नुभएको छ । चन्द्रागीरी नगरपालिका १ मा रहेको यस ठाउँमा प्रधानमन्त्री ओलीले गतबर्ष पाँचतले भ्यू टावर शिलान्यास पनि गरेका थिए ।

टावरको दुई तल निर्माण भइसकेको छ । यसैगरी प्रधानमन्त्री ओली गतबर्ष नै कंलकी– दहचोक सडकको स्तरोन्नती हुने घोषणा गर्नु भएकोमा यस बर्ष काम धमाधम भइरहेको छ । यसैगरी यहाँ मनकामाना मन्दिरको पुनर्निमार्ण भइसकेको छ भने इन्द्र दहको पुनर्निमार्णको काम भइरहेको छ ।

प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । नेपाल एकिकरणका एकजना सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकिकरणका लागि जीवन आहुती दिएर असाधरण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।

“हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ” प्रधानमन्त्री ओलीले भने–“राष्ट्रको पहिचानको निमती,राष्ट्रको रक्षाका निम्ती त्यो एकिकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।”

प्रकाशित मिति: Feb 21, 2019

प्रतिक्रिया दिनुहोस्