देश अनुसारको भेष : जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर डा. भट्टराईको कर्णाली प्रदेशमा प्रवेश
काठमाण्डौ : पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा देश दौडाहामा निस्किनु भएको छ ।
डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार उहाँ जाजरकोट जाँदै हुनुहुन्छ ।
डाक्टर भट्टराई बुधबार चौरजहारीमा स्थानीय नेताको घरमै बस्नु भएकाे थियाे । बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राख्नु भएको छ ।
साथै उहाँले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! ’
डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उहाँकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमी लेख्नुहुन्छ, ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’