राष्ट्रियसभा बैठकमा सांसद वलीको प्रश्न : बमजनलाई किन पक्राउ नगरेको ?
काठमाडौं : बुधबार राष्ट्रियसभा बैठकमा सांसद कोमल वलीले लिटिल बद्ध भनेर चिनिने रामबहादुर बमजनबारे सरकारको ध्यान जानु पर्ने बताएकी छिन् । उनले बमजनलाई किन पक्राउ नगरेको भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् ।
‘आफूलाई लिटिल बुद्ध भनेर देखाउँदै आएका रामबहादुर बमजनले गरेका क्रियाकलापहरु बाहिर स्वयं आएर सम्बन्धित युवतीहरुले, हाम्रा छोरीहरुले भन्दै आएको अवस्थामा पनि अहिलेसम्म किन कारबाही हुन सकेको छैन ? उनलाई किन पक्रिएको छैन रु’ सांसद वलीले प्रश्न गरिन् ।
उनले प्रहरीले बमजनलाई पक्राउ गर्न नसक्ने भनी प्रतिक्रिया दिएको विषयमा पनि गृहमन्त्रीसाग जवाफ मागिन् । जवाफमा गृहमन्त्री रामबहादुर थापाले बमजनको घटनालाई सरकारले हल्का रुपमा नलिएको बताए ।
‘यो घटनालाई सरकारले हल्का रुपमा लिएको छैन,’ उनले भने गम्भीरतापूर्वक नै लिएको छ ।’ अहिले सरकारले बमजनमाथि छानबिन गरिरहेको पनि थापाले राष्ट्रियसभामा जानकारी गराए । ‘निश्चय पनि यो गम्भीर विषय हो, लिटिल बुद्धको विषयमा सरकारले आफ्नो तर्फबाट छानबिन गरिरहेको छ,’ उनले भने ।