भूकम्पपीडितहरुलाई थप राहत : सरकारले पुन: दिने भयो यी ५ सुविधा
काठमाडौं : सरकारले भूकम्पपीडितलाई थप ५ सुविधा दिने भएको छ । भूकम्पपीडितलाई आवास निर्माणलगायतमा थप सुविधा दिन लागिएको हो ।
मन्त्रिपरिषद्को २१ माघमा बसेको बैठकले भूकम्पबाट प्रभावित निजी आवास पूर्ननिर्माण अनुदान वितरण कार्यविधि ९दोश्रो संशोधन०, २०७५ मा हेरफेर गर्दै भूकम्पपीडितहरुलाई थप राहत हुने गरी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तो छ सरकारले थप गरेको ५ सुविधा :
१) फरक जिल्लामा पनि आवास बनाउन पाइने
२) जग्गा नभएकालाई खरिद गर्न २ लाखसम्म अनुदान
३) जग्गा खरिद गरेकाले पनि २ लाखसम्म अनुदान
४) प्राचीन स्वरुप झल्कने घर बनाए थप ५० हजार
५) पालिकाले सिफारिस गरे एकमुष्ठ २ लाख
आवको राजधानी दैनिकबाट