Logo
९ माघ २०८१, बुधबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेलम्ची आयोजनाको बाँकी काम पुरा गर्न ‘सिएमसी’ नै पहिलो प्राथमिकतामा

काठमाडौं : खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेका छन् । मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाएकी हुन् ।

बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन् । सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अरब बढी भुक्तानी गर्न बाँकी छ ।

मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानुनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराइन् । मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् ।

मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएको सिएमसी कम्पनी आर्थिक अभावको कारण देखाउँदै सो काम छोडेर हिँडेको छ । मन्त्री मगरले सो कम्पनीले काम नगरे अन्य कम्पनीलाई लगाउन सरकार तयार भएपनि त्यसका लागि आवश्यक निर्देशन दिन पनि समितिको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्