Logo
११ पुस २०८१, बिहीबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झगडा गराएर नेकपामा फुट ल्याउने प्रयास र कोशिस थामिसक्नु छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको बताएका छन् । तर, त्यो सफल नहुने उनको दाबी छ । उनले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश ओहो ! थामिसक्नु छैन ।’

बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बा-आमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भरहेको बताए ।

प्रधानमन्त्रीले बाआमाको झगडा गराउने प्रयास कसरी हुन्छ भनेर समेत सुनाए थिए ।

बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्, फेरि भन्ने । बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ ।’

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्