Logo
९ माघ २०८१, बुधबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेनेजुयला प्रकरण : सरकार र अध्यक्ष प्रचण्डले निकालेको विज्ञप्तिमा सांसद विडारीको सहमत

काठमाडौं : संघीय संसद राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भेनेजुयला प्रकरणबारे सरकार र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको विज्ञप्ति ठीक भएको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद विडारीले सरकारले संयुक्त राष्ट्रसंघको सदस्य भएको हैसियतले आफ्नो दायित्वअनुसार भेनेजुयलाको आन्तरिक मामिलामाथि भएको बाह्य हस्तक्षेप विरुद्ध बोल्नु सरकारको दायित्व भएको बताए ।

उनले परराष्ट्र मन्त्रालयले वक्तव्य निकालेर ठीक गरेको तर त्यसलाई केही संचारमाध्यमले विदेशीसँग मिलेर हल्ला फैलाएको बताए। विडारीले भने, सरकारले आफ्नो तर्फबाट र पार्टीले आफ्नो तर्फबाट आआफ्ना धारणा बोल्यो यसलाई छिर्के दाउ लगाएर विदेशी शक्तिसँग मिलेर सरकार र पार्टी जुधाएर मजाको तमासा हेर्छु भन्ने दुष्प्रयास चलिरहेको छ । यसमा जनता भ्रममा पर्नु हुँदैन ।

नेकपा चलायमान पार्टी भएकाले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भएकाले बोलेको बताए । उनले भने, संसारको कुनै कुनामा हस्तक्षेप भयो भने कम्युनिस्टहरू बोल्छन्, अरु पो चुप्प लागेर बस्छन त! दलाली गरेर बस्छ। कम्युनिस्टले खबरदार तिमीले अर्काको देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न पाउदैनौँ भन्छ । उनले नेपाल पंचशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको घोषणापत्र मान्ने भएकाले सरकार र नेकपा भेनेजुयलाको मामिलामा बोलेको बताए ।

उनमा भेनेजुयलामा जनमतको कदर हुनुपर्ने बताए। सांसद विडारीले नेपालको शान्ति प्रक्रियालाई अझै बल्झाउनेक म भइरहेकोमा पनि आपत्ति जनाएका छन । उनले केही मानवअधिकार पक्षमा रहेको भनेर चिनिने व्यक्तिहरूले शान्ति प्रक्रियामा बाधा हाल्न खोजेको आरोप लगाए । उनले भने, केही तथाकथित मानअधिकारवादीहरू मानवअधिकार आयोगमा गएर धम्की दिएर, प्रभावमा पारेर द्वन्द्वकालिन कुरा फेरि ब्युँझाउनुपर्‍यो र युएनलाई नेपालमा ल्याउनुपर्‍यो भनेर आएका छन् ।

उनले नेपालमा यस्तो कुरा द्वन्द्व चर्केको हेर्न चाहनेहरूले गरिरहेको बताए । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने राजनीतिक दलहरूको बैठक बोलाएर जनयुद्धकालिन घटनाको टुंगो लगाउनु पनि उनले माग गरेका थिए ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्