Logo
९ माघ २०८१, बुधबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्तिको मेची-महाकाली अभियान सकिएकै दिन राप्रपाको यात्रा सुरु हुने

काठमाडौं : कमल थापा नेतृत्वकमो राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ । नयाँ शक्तिको मेची-महाकाली अभियान सकिएकै दिन राप्रपाले पनि मेची-महाकाली अभियान थाल्ने भएको हो । ‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ नाम दिइएको अभियान फागुन १५ गते ताप्लेजुङबाट शुरु गरिने र फागुन ३० गते कञ्चनपुरमा गएर टुंगिनेछ ।

यात्राको उद्देश्य हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने रहेको छ । यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ भने यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ ।

ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने र फागुन ३० गते सभा गर्दै उक्त अभियान सम्पन्न हुने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्