Logo
१२ पुस २०८१, शुक्रबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाइ राजाको असन्तुष्टिपछि निर्वाचन आयोगको फैसला ‘प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य’

देशको प्रधानमन्त्री बन्ने सपना देखेकी थाइल्याण्डकी राजकुमारीको रहर अधुरै रहने भएको छ । थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदीले आउँदो चुनावमा प्रधानमन्त्रका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि त्यसको आलोचना गरेका थिए ।

राजा वाजिरालङ्कोर्नकी दिदी राजकुमारी उबोल्राताना माहिडोलले प्रधानमन्त्रीका लागि प्रधानमन्त्रीका लागि दाबेदारी प्रस्तुत गरेकी थिइन् । राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको छ ।

राजाको असन्तुष्टिपछि राजकुमारी उबोल्राताना माहिडोललाई प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले पनि यसबारे सोच्ने बताएको थियो । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।

६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए ।

राजाले वक्तव्य जारी गरेर यस्तो कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले कदम चालेको हो । थाइ राजपरिवारका सदस्य अहिलेसम्म सार्वजनिक रुपमा राजनीतिबाट बाहिर रहँदै आएका छन् ।

राजाको वक्तव्यपछि निर्वाचन आयोगले मार्च २४ मा हुने चुनावका लागि राजकुमारी उबोल्रातानालाई अयोग्य घोषित गर्ने अपेक्षा अनुसारकै निर्णय गरेको हो ।

पाँच वर्षदेखि सैन्य शासनमा रहेको थाइल्याण्डमा यो चुनावपछि आधिकारिक रुपमा पुनः प्रजातन्त्र स्थापित हुने अपेक्षा छ ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्