Logo
९ माघ २०८१, बुधबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेनेजुएला प्रकरण : पार्टीभित्र भयो साम्य, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आईसकेको खुलासा

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएला प्रकरणमा पार्टीभित्र कुरा मिलिसकेको दावी गरेका छन् । पार्टी सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्दै नेता पौडेलले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’

रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसहेको खुलासा गरेका छन् । ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । राजदूतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

पौडेलले शनिबार मात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच भएको तीन घण्टा लामो भेटवार्तामा अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको जिकिर समेत गरे ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्