Logo
९ माघ २०८१, बुधबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेनेजुयला प्रकरण : प्रधानमन्त्रीको अभिव्यक्ति आधिकारिक हो कि, अध्यक्ष दाहालको वक्तव्य आधिकारिक ?

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति आधिकारिक हो कि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आधिकारिक हो भनेर संसदलाई जानकारी दिन माग गरेको छ । यी लगायत सरकारका काममाथि कांग्रेसले गम्भीर प्रश्न उठाएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले देशको परराष्ट्र नीतिमा खेलाँची गरेको र एकपछि अर्को भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकारमाथि गम्भीर आरोप लगाएका हुन् ।

कांग्रेस सांसदहरू डिला संग्रौला पन्त र भीमसेनदास प्रधानले सरकार विदेश नीतिमा चुकेको बताएका हुन् । सांसद संग्रौलाले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेनेजुयला प्रकरणमा आरोप प्रत्यारोपमा लागेर देशकै परराष्ट्र नीतिमा नकारात्मक प्रभाव परेको बताइन् । उनले नेपाललाई सहयोग गरिरहेको अमेरिकालाई चिढ्याएर गल्ती गरेको बताइन् ।

‘नेपालसँग कुनै सम्बन्ध नभएको भेनेजुयलाको सम्बन्धमा वक्तव्यबाजी गरेर अमेरिकालाई किन चिढाएकोरुु सांसद संग्रौलाको सरकार र नेकपालाई प्रश्न थियो। उनले थपिन्, सत्तारुढ दलका नेताले भेनेजुयलाको पक्षमा वक्तव्य निकाल्ने, पछि फेरि टङस्लिप भयो भन्नेरु परराष्ट्रमन्त्रीले पनि भेनेजुयलाको पक्षमा वक्तव्य निकाल्नुको कारण के हो? म प्रधानमन्त्रीसँग जवाफ माग्न चाहन्छु । सांसद संग्रौलाले मुलुकको अर्थतन्त्र गिर्दो अवस्थामा लाग्दा पनि राज्यको त्यसतर्फ ध्यान नपुगेको, लोकतान्त्रिक मूल्यमान्यता उलंघन गरेर संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा आयोगका अध्यक्ष नियुक्त गरिएको भन्दै सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाइन् ।

उनले प्रतिपक्षी दलको विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयकलाई छापामार शैलीमा पारित गरेर सरकारले सदनको मूल्य, मान्यता र गरिमामाथि पनि प्रश्न खडा गरेको बताइन् । कांग्रेस सांसद भिमसेनदास प्रधानले भेनेजुयला प्रकरणमा जारी विज्ञप्तीलाई लिएर नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति आपसमा विवादास्पद भएको भन्दै आधिकारीक वक्तव्य प्रधानमन्त्री केपी शर्मा ओलीको हो कि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको? भन्नेबारे सदनलाई जानकारी गराउन आग्रह गरेका थिए ।

सरकारले जनतामा भ्रम फैलाउने काम गरेको भन्दै प्रधानले भेनेजुयलाका बारेमा सरकारको नीति सदनमा आएर जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्