युनिभर्सल पावर कम्पनीको आइपिओ बिक्री खुला, ५० लाख कित्तासम्म आवेदन दिन सकिने
युनिभर्सल पावर कम्पनीको सेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावितलाई पहिलो चरणमा बिक्री खुला गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो । पहिलो चरणमा नबिकेको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत गरी कम्पनीले ९३ लाख २७ हजार ४ सय १० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो ।
सर्वसाधारणले न्युनतम ५० कित्तादेखि अधिकतम ५० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । जम्मा २ करोड १० लाख ३ हजार ५ सय कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि २१ लाख ३५० कित्ता सेयर निष्काशन खुला गरेको थियो ।
अहिले निष्काशन भएको सेयर मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता सेयर कर्मचारीका लागि, ४ लाख ६६ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानीकोषका लागि छुट्याइएको छ । यस सेयरका लागि सि-आस्वा प्रणालीमार्फत् आवेदन दिन सकिनेछ । यस सेयरका लागि माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि यस समयसम्म पर्याप्त आवेदन नपरेको अवस्थामा भने फागुन २६ गतेसम्मको समय थप हुनेछ ।
युनिभर्सलले दोलाखा जिल्लामा ११ मेगमवाटको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।