Logo
९ माघ २०८१, बुधबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री-सचिव झापड झमेलाको प्रतिवेदन तयार : “त्यो दिन कुनै कुटपिटको घट्ना भएको थिएन”

जनकपुरधाम : प्रदेश २ स्थित मन्त्रीले सचिवलाई झापड हानेको भनिएको घटनाको छानविन प्रतिवेदन तयार भएको छ । दुई दिन भित्र प्रतिवेदन सार्वजनिक हुने प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री तथा छानविन समितिका संयोजक ज्ञानेन्द्र यादवले जानकारी दिए ।

प्रतिवेदनमा समितिका सदस्य प्रमुख सचिव दीपक सुवेदीको हस्ताक्षर हुन बाँकी रहेकाले प्रतिवेदन सार्वजनिकमा ढिलाई भएको हो। सचिव सुवेदी विदामा भएकाले हस्ताक्षर हुन नसकेको बताइएको छ ।

समाचार स्रोतका अनुसार प्रतिवेदनमा त्यो दिन कुनै कुटपिटको घट्ना नै न भएको पुष्टि गरिएको छ । बरु सचिवले नै कर्मचारी मर्यादाको समान्य रूपमा पनि ख्याल नगरिएको भनिएको छ । सार्वजनिक रूपमा छडा-छाडा गाली दिनु दण्ड्निय अपराध भएको प्रतिवेदनमा तर्क गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायका सचिव विद्यानाथ झालाई पुस २९ गते झापड लगाएपछि विवाद चुलिएको थियो ।

सात दिनको समय दिएर छानविन समिति गठन भएको थियो। विभिन्न बाहानबाजी देखाउँदै छनाविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरिरहेको छ।

‘प्रतिवेदन तयार गरिसकेका छौं,’ समितिका संयोजक मन्त्री यादवले भने, ‘प्रमुख सचिवको हस्ताक्षर हुने वितिकै प्रतिवेदन मुख्यमन्त्रीज्यूलाई बुझाउँछौं ।’

सप्तरीको मलेठ घटनाको पनि प्रतिवेदन तयारी भएको उनले जानकारी दिए । ‘मलेठ घटनाको प्रतिवदेन तयारी अवस्थामा छ ’, उनले भने ।

छानविन समितिका सदस्यसचिव रहेका मुख्य न्यायाधीवक्ता कार्यालयका कर्मचारी सरुवा भएकाले प्रतिवेदनमा उनको हस्ताक्षर हुन सकेको छैन । ‘हस्ताक्षर लिन प्रयासरत छौं,’ मन्त्री यादवले भने ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्