आजियटा र एनसेलबाट कर असुल गराउन सर्वोच्चको आदेश
काठमाडौँ : एनसेलको पुँजीगत लाभकर रहेको एनसेल र आजियटाबाट असुल गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित न्यायाधीशहरु मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको बुधबारको इजलासले एनसेल र यससँग जोडिएका कम्पनीको रिट निवेदन खारेज गरेको हो।
सर्वोच्चले पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले दिएको निवेदनमा मात्र रिट जारी गरेको हो। अर्को रिट निवेदक भावेश गौतमको रिट निवेदनसमेत खारेज भएको छ।