रुकुम पूर्वमा सदरमुकाम विवाद : हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी पुर्याइयो, निषेधज्ञा जारी
दाङ : आइतबार साँझ निषेधित क्षेत्र तोकिएको रुकुम पूर्वको रुकुमकोटमा बुधबार थप सुरक्षाकर्मी हेलिकप्टर मार्फत पुर्याइएको छ। जिल्ला सदरमुकाम कहाँ हुने भन्ने विबादले रुकुम पूर्वका नागरिक विभाजित भएका छन्। अघिल्लो सरकारले गोलखाडालाई सदरमुकाम तोकेको थियो।
चार किल्ला तोकेर रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधज्ञा जारी छ। निषेधज्ञा नजिक गोलखाडाका करिब ६ हजार मानिस पुगेका छन्।
गोलखाडा बासी विकट वस्तीमा सदरमुकाम हुनुपर्ने पक्षमा छन्। यस्तै रुकुमकोटका नागरिक जिल्ला टुक्रिदा सदरमुकाम खोसिएको पीडामा छन्। दुवै पक्ष आफ्नो ठाउँमा सदरमुकाम बनाउन आन्दोलनमै उत्रिएका छन्।
तत्कालीन सरकारले गत वर्षको माघ ११ गते रुकुम (पूर्व)को सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १२ स्थित गोलखाडा राख्ने निर्णय गरेको थियो ।तर, गत वर्षकै माघ १७ गते अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मीसहितले सरकारको निर्णय खारेज गरी सदरमुकाम पहिलेकै स्थानमा कायम गर्न सर्वोच्चमा रिट दायर गरेका थिए।
उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। एक वर्षको अवधिमा सर्वोच्चले १६ पटक पेशी तोकिसकेको छ।
१६ औँ पेशी यही माघ २७ गते तोकिएको अवस्थामा गोलखाडाबासीले सरकारको निर्णय कार्यान्वयन गर्न दबाब दिएको सरकोकार समितिले जनाएको छ।
आन्दोलन चर्कदै जाँदा जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका सबै वडा र भूमे गाउँपालिकाका केही वडामा गत निर्वाचनमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ।
पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका बासिन्दाले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान समेत थालेका छन्।
संघीय सांसद कमला रोका तथा यो क्षेत्रबाट प्रदेश सांसद तेजबहादुर ओली छन्। सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ।
सुरक्षावस्था कडा
रुकुम पुर्वको जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको निषेधाज्ञालाई निरन्तरता दिदै उच्च सुरक्षा सतर्कता अपनाएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
रुकुम पूर्वको सदरमुकाम गोलखाडा हुनुपर्ने माग सहित स्थानीयहरु आन्दोलित भएका हुन। गोल्खाडा पक्षधरताले प्रशर्दन सगै ज्ञापन पत्र बुझाउन हालको सदरमुकाम रहेको रुकुमकोट नजिक आएपछी प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको हो।
यस अघि नै सुरक्षाकर्मी दोब्बर पारेको प्रशासनले बुधबार बुटवलबाट थप सुरक्षाकर्मी हेलिकोप्टर मार्फत रुकुमकोट झारेको छ। निषेधाज्ञा तोकिएको सिस्ने गाउँपालिका र भूमे गाउँपालिकाको सीमाना धौलापैरामा गोल्खाडा पक्षधरलाई रोक्न प्रहरी बसेको छ।
प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउनको लागि भन्दै ५ हजार बढी सर्वसाधारण बाटोमा रहेको रुकुम पूर्वको सदरमुकाम गोल्खाडा स्थापनार्थ सरोकार समितिका सदस्य पुनिराज घर्ती मगरले बताए प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शान्ति सुरक्षा कायम गर्न र जिल्लामा कुनै पनि अप्रिय घटना नघटोस भनेर सुरक्षा ब्यवस्था कडा पारिएको बताए।
जिल्ला प्रशासन कर्यालय रुकुम पूर्वले जिल्लामा आईतबार साँझ देखि घोषणा गरेको निशेधाज्ञ जारी राखेको छ। रुकुमपूर्वको सदरमुकाम रुकुमकोट बनाउने र गोल्खाडा बनाउने पक्षधरताका बिच बिभिन्न आन्दोलनहरुले जिल्लाको शान्ति सुरक्षमा खलल पुर्याउन खोजेपछि निषेधाज्ञा जारी गरिएको हो।
प्रशासनले अर्को आदेश नभएसम्मको लागि पूर्वमा सिस्ने गाउँपालिकाको वडा नम्बर ५ धौलापहिरा खोला, पश्चिममा सिस्ने गाउँपालिका ५ रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका ६ रुकुमगाड हुँदै धाउनेको पाटीघट्टसम्म र दक्षिणमा सिस्ने ५ रुमालबारा हुँदै सहिदपार्कसम्मको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ ।
उक्त स्थान भित्र कुनै पनि बिरोध, सभा, जुलुस र भेला गर्न पाईने छैन भने त्यस्तो गरिएको पाईएमा कानुन अनुसार कारबाही गरिने छ।