Logo
९ माघ २०८१, बुधबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा बैठकमा तीन प्रतिवेदन, महिना दिन भित्र १०६ ऐनलाई संविधान अनुकूल बनाउने

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन २०७५’ प्रतिनिधिसभाको बुधबारको बैठकमा पेश गरेका छन् ।

फागुन २१ गतेभित्र १०६ ऐनलाई नेपालको संविधान अनुकूल बनाउनुपर्ने भएकाले ती ऐन संशोधनका लागि प्रक्रिया अगाडि बढेको हो । आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ वार्षिक प्रतिवेदन २०७४/०७५, राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्