कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महाधिवेशनका लागि समय थप्ने निर्णय
काठमाडौं : प्रमुम प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ। पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो ३ बजे बैठक शुरु भएको हो । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको एजेन्डामा केही पहिलेको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल र आवश्यक निर्णय हुने कांग्रेसले जानकारी दिएको छ ।
केन्द्रीय समिति बैठकले पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको बारेमा निर्णय गर्ने कार्यसूची रहेको छ । नेविसंघमा नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको पाँच महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले माघ २ गतेबाट नेविसंघलाई काम चलाउ बनाएको थियो । आजको बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने वा महाधिवेशनका लागि समय थप्ने भन्नेबारे निर्णय लिनेछ ।