Logo
४ मंसिर २०८१, मंगलबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला हत्या प्रकरणमा कांग्रेसको ध्यानाकर्षण, अपराधी सिंहदरबारमै भए पनि कानुनको कठघरामा ल्याइने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका दोषीलाई कानुनको कठघरामा ल्याउन गम्भीर भएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री थापाले उक्त घटना पाशविक भएको र अनुसन्धान कार्य अझै जारी रहेको जानकारी दिएका छन् ।

कांग्रेस सांसद डिला संग्रौलाले सोधेको निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई किन कारबाही भएनरु देशभरी बढिरहेका बलात्कारी र हत्यारालाई कहिले कारबाही हुन्छ? भन्ने प्रश्नको जवाफमा गृहमन्त्री थापाले सबै प्रकारका अपराध कार्यलाई नियन्त्रण गर्न नेपाल सरकार कटिबद्ध भएर लागेको बताए । पाशविक हत्या थियो । यो सम्बन्धमा अनुसन्धान जारी रहेको छ । सरकार यो विषयमा गम्भीर छ । अनुसन्धानको कार्य अगाडि बढिरहेको छ ।

अनुसन्धानमा लापरबाहीको निम्ति कारबाही गरिसकिएको छु, मन्त्री थापाले भने, आवश्यक अनुसन्धान अझै पनि जारी रहेको छ । यो अपराधसित सम्बन्धित कसैलाई पनि छुट दिन सकिँदैन । अपराधीलाई निश्चय नै कानुनको कठघरामा ल्याउनेछु । अनुसन्धान कार्यलाई तीव्र पारेका छौँ । संग्रौलाले ६ महिना हुँदा पनि अपराधी पत्ता नलागेको र सरकारले नै अपराधीलाई लुकाएको आशयको पूरक प्रश्न राखेकी थिइन् । उनको प्रश्न थियो, ुघटनाको ६ महिना भयो ।

सरकारका निकायले प्रमाण किन नष्ट गर्‍यो? अपराधी कहाँ लुकेका छन्, बालुवाटार र सिंहदरबारको कुर्सीमा? यसमा गृहमन्त्रीको जवाफ थियो, सरकारले जति पनि हत्या हिंसा भइरहेका छन् तिनमा ९६ प्रतिशत अपराधीलाई कानुनको कठघरामा ल्याइसकेको छ । बाँकीलाई कानुनको कठघरामा ल्याउन प्रयत्नशील छ । कुनै घटनाका दोषीलाई पत्ता लगाउन समय लागेझैँ यो प्रकरणका अपराधीलाई पत्ता लगाउन समय लागेको छ ।

अपराधी बालुवाटार वा सिंहदरबार जहाँसुकै हुन्, कानुनको कठघरामा ल्याइनेछ । निर्मलाको प्रकरणमा सांसद गगनकुमार थापाले उपप्रधानमन्त्रीले एक सार्वजनिक कार्यक्रममा पाँच दिनमा पक्राउ पर्छ भन्नुभएको थियो यसको बारेमा गृहमन्त्रीलाई थाहा छ कि छैन? गृह मन्त्रालयले कसरी लिएको छ? भनेर गृहमन्त्रीलाई प्रश्न सोधेका थिए । जसमा गृहमन्त्रीले भनेका थिए, उपप्रधान तथा रक्षामन्त्रीले सार्वजनिक रूपमा के भन्नुभयो भन्ने मलाई जानकारी छैन । पाँच दिनभित्र पक्राउ गर्नुपर्ने भन्नुभएको भए छिट्टै पक्राउ पर्ने भन्नुभएको होला । केही सन्दिग्ध व्यक्तिहरूलाई सरकारले कठघराभित्र ल्याएको अवस्थामा त्यस्तो कुरा आएको होला ।

संन्दिग्धहरूले बयान दिएको तर प्रमाण सावित गर्ने प्रक्रिया पूरा नभएकाले मुक्त गर्दै गएका छौँ । सोही क्रममा त्यस्तो भन्नुभएको होला । कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले पनि उक्त विषयमा प्रश्न गरेका थिए । उनले भने, ९६ प्रतिशत पक्राउ गरिएका भन्नुभयो बाँकी ४ प्रतिशत कहिले पक्राउ पर्छन्र निर्मलाको न्यायका लागि अनशनमा बस्नेलाई विभाजित गर्ने काम किन गरियो? गृहमन्त्रीले भने, अनशनमा रहेकालाई धम्क्याउने गरिएको छैन ।

आन्दोलन गर्नु पीडितको अधिकार हो । कुनै पनि निकायले त्यस्तो गरेको छैन। शतप्रतिशत पक्राउ गर्ने काम पूरा गरिने नै छ। कसैलाई धम्की दिएको भए छानबिन हुन्छ । गृहमन्त्रीले थपे, संसारको जुनसुकै कुनामा लुकेका भए पनि अपराधीलाई पक्राउ गरिनेछ । राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले भने, निर्मला पन्तका अपराधी पत्ता लागेको गृहमन्त्रीबाट नै आएको थियो? अनुसन्धान प्रक्रिया नटुंगिँदै र शंकास्पद व्यक्ति पक्राउ गर्दैमा त्यस्तो अभिव्यक्ति किन आएको हो? राज्यलाई प्राप्त सूचनाका आधारमा मैले भनेको थिएँ ।

सिआइबीको टोलीले दिएको सूचनालाई सदनमा राखेको थिएु, गृहमन्त्रीले जवाफमा भने, साविती बयानका आधारमा यहाँ जानकारी दिएको थिएँ । पछि अरू छानबिनमा प्रमाणित नभएकाले मुक्त गरिएको थियो । अपूरा अधुरा सूचना आएकाले त्यसो गरिएको हो । कांग्रेस सांसद सुजाता परियारको निर्मला बलात्कार र हत्या प्रकरणमा गृहमन्त्रीलाई प्रश्न थियो, पटकपटक अनुसन्धान भइरहेको भन्नुभएको छ अनुसन्धान कहिलेसम्म हुन्छरु हत्यारा कहिले पत्ता लाग्छ? गृहमन्त्रीको जवाफ थियो, जे भइरहेको छ मैले त्यो वास्तविकता मैले भनेको हो । सरकारले जे गरिरहेको छ मैले त्यो भनिरहेको छु। निर्मला प्रकरणका अपराधीलाई सरकार छिटोभन्दा छिटो कानुनको कठघरामा ल्याउन प्रतिबद्ध छ । संकल्प अनुसार हामी प्रयासरत छौँ ।

अनुसन्धान गर्दै जाँदा लामो समय लाग्न सक्छ । विश्वमा केही यस्ता घटनामा लामो समय लाग्न सक्छ । नेकपाका सांसद महेश बस्नेतले भने निर्मला बलात्कार र हत्या प्रकरणमा अनुसन्धानमा लापरबाही गर्ने प्रहरी एसपी डिल्लीराज विष्टलाई नियुक्त गर्ने नेतृत्वमाथि छानबिन गर्नुपर्ने धारणा राखेका थिए। उनको सुझावमिश्रित प्रश्न थियो, निर्मला बलात्कार र हत्या प्रकरण मानवअधिकारवादी र पत्रकारका लागि गरिखाने र प्रतिपक्षीलाई राजनीति गर्ने मेलो भएको छ । डिल्लीराज विष्टलाई नियुक्त गर्नेलाई कारबाही गर्नेबारे सोच्नुभएको छ किरुु गृहमन्त्रीले जवाफमा विष्ट निलम्बनमा परिसकेको र बाँकी काम भइरहेको बताएका थिए ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्