Logo
४ माघ २०८१, शुक्रबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत नेहरुले गरेको प्रतिबद्धता कार्यान्वयन गर्न भएन तयार, पाकिस्तानी राजदूत जावेद भए असन्तुष्टि

काठमाडौं : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यामबाट समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन् ।

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परी मारिएका हजारौं नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिवद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

दक्षिण एसियाको शान्ति, विकास र स्थायित्वका लागि भारत-पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाई छ । त्यस अवसरमा राजदूत जावेदले नेपाललाई पाकिस्तानले असल मित्रको रुपमा लिएको पनि स्पष्ट पारे ।

सन् १९४७ मा भारतीय सेनाले आफ्नो नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रुपमा मनाउने गर्दै आएको छ । राजदूत जावेदले काश्मिरमा आक्रमण बन्द गरेर शान्तिको पक्षमा उभिन पनि भारतलाई आग्रह गरे । कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसदहरु, पूर्व राजदूतहरुलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्