Logo
८ माघ २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनसनरत अन्ना हजारेलाई डा. केसीले लेखे पत्र : भ्रष्टाचारविरुद्धको लडाईका लागि उनको माग महत्वपूर्ण

काठमाडौं : सत्याग्रही डा. गोविन्द केसीले भारतमा अनसनरत अन्ना हजारेलाई पत्र लेखी उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । १६ औं अनसन फिर्ता लिएर हाल त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत केसीले लोकपाल ऐन अनुसार केन्द्रमा लोकपाल र हरेक राज्यमा लोकयुक्त नियुक्त गर्नुपर्ने माग गर्दै माघ १६ गतेदेखि हजारेले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

भ्रष्टाचारविरुद्धको लडाईका लागि हजारेको माग धेरै महत्वपूर्ण रहेको भन्दै केसीले नेपाली नागरिकका लागि पनि यो लडाई अनुकरणीय रहेको बताएका छन् । केसीले आफू पनि ७ वर्षदेखि भ्रष्टाचार र कुशासनविरुद्ध लडिरहेको भन्दै त्यसको सुरुवात मेडिकल शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर गरेको बताएका छन् । उनले आफू यसविरुद्ध अझै लडिरहेको उल्लेख गरेका छन् ।

केसीले आफूले १५ औं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयनको माग राखेर १६ औं अनसन बसे पनि जनताप्रति अनुत्तरदायी सरकारले बेवास्ता गरेको र नागरिक समाजका प्रवुद्ध व्यक्तिको आग्रहअनुसार अनसन तोडेको उल्लेख गरेका छन् । यस क्रममा सरकारले न्युनतम प्रजातान्त्रिक चरित्र पनि नदेखाएको केसीले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्