Logo
८ माघ २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुक समृद्ध बनाउन थिंक टयाङ्क, जनताको श्रम र विवेकलाई प्रविधिसँग जोड्ने

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई समृद्ध बनाउन ‘थिंक टयाङ्क’को जरुरी रहेको बताएका छन् । उपराष्ट्रपति पुनले जनतालाई सुःखी र समृद्ध बनाउन उनीहरुको श्रम र विवेकलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सोमबार काठमाडौंमा एक अनलाईनको उद्घाटन गर्दै उनले सूचना प्रविधिको युग सुरु भएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था नगरेसम्म मुलुकमा विकास निर्माणको कामले गति लिन नसक्ने पनि बताए । उपराष्ट्रपति पुनले मुलुकको समृद्धिका लागि सही नीति र सही सूचनाको पनि आवश्यक्तामा जोड दिए ।

उपराष्ट्रपति पुनले सही नीतिको सफल कार्यान्वयन भएपछि मात्रै मुलुकमा समृद्ध छाउने पनि स्मरण गराए । उनले जनतालाई सचेत गराउन सही सूचना सम्प्रेषण गर्न पनि सञ्चार माध्यामहरुको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्