Logo
८ माघ २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विखण्डनकारी शक्तिविरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले विखण्डनकारी शक्तिविरुद्ध दृढतापूर्वक उभिन सरकारलाई आग्रह गरेको छ । नेपालको इतिहासमै पहिलो पटक देश टुक्र्याउन चाहने शक्ति सतहमा देखिएको भन्दै राप्रपाले राष्ट्रिय अखण्डताको रक्षा, सुरक्षा संवेदनशीलता जस्ता विषयमा सरकारलाई गम्भीर बन्न र त्यस्ता गतिविधि नियन्त्रण गर्न आग्रह गरेको हो ।

आइतबार र सोमबार बसेको केन्द्रीय समितिको निर्णयमा विखण्डनकारी शक्तिले तराईका विभिन्न भागमा अराजकता सिर्जना गर्ने सम्भावना देखिएको बताएको छ । राप्रपाले पछिल्लो समय हिन्दू, बौद्ध र किरात धर्माबलम्बीलाई जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्दै यसलाई नियन्त्रण गर्न माग गरेको छ ।

‘धर्म परिवर्तनको गतिलाई निस्तेज र नियन्त्रण गर्न, सदियौंदेखिको नेपाली समाजमा कायम रहदै आएको साँस्कृतिक एकता र सद्भाव खल्बलिन नदिन र देशलाई धार्मिक द्वन्द्वको दलदलमा फस्नबाट जोगाउन उपयुक्त कदम चाल्न राप्रपा सरकारसँग माग गर्दछ’ बैठकको निर्णयमा भनिएको छ । राप्रपाले विदेशका बैंकमा गैरकानूनी सम्पत्ति लुकाउने र विदेशी लगानीका रुपमा उक्त पैसा ल्याउने क्रम बढेको भन्दै छानबिन गरी अवैध सम्पत्ति जफत गर्न सरकारसँग माग गरेको छ ।

 

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्