Logo
८ माघ २०८१, मंगलबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हुँदै जाने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् ।

वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली काँग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी दिए । सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न माग गरे ।

उनले स्ववियू निर्वाचनपछि धकेल्ने प्रयास नगर्न पनि नेपाली काँग्रेसलाई सचेत गराए । आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली काँग्रेसले स्ववियू निर्वाचन फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे ।
मुलुकमा राजनीतिक क्रान्ति सकिएकाले अव आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्