Logo
४ मंसिर २०८१, मंगलबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्स : थन्किए ७ विमान, निगमलाई ठूलो धक्का, ५० पाइलट भर्ना गर्ने तयारी

काठमाडौं : नेपाल एयरलाइन्सका विमान अन्तर्राष्ट्रियतर्फ १ र आन्तरिकतर्फको ७ वटा विमान अहिले थन्किएका छन् । जसले गर्दा नेपाल एयरलाइन्सको आन्तरिक हवाई सेवा प्रभावित भएको छ ।

यसले गर्दा वित्तीय संकटमा फसेको निगमलाई ठूलो धक्का लागेको छ । यसले निगमलाई करोडौं घाटा लागिरहेको छ । अन्तर्राष्ट्रिय उडान भर्नेमध्ये एक न्यारोबडी विमान बिहीबार मात्रै सिंगापुरबाट ‘सि-चेक’ (नियमित परीक्षण र मर्मत) गरेर फर्किँदैछ । निगमको एक मात्रै बोइङ भने ग्राउन्डेड रहेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

यसैगरी आन्तरिकतर्फका ६ चिनियाँ विमानमध्ये एउटा मात्रै विमान उडिरहेको छ । तीन वटा वाई १२ ई विमान अहिले पनि ग्राउण्डेड भएका छन् । यसमध्ये दुई वटा विमान उडान सकिने अवस्थामा रहेपनि पाइलट अभावले समस्या भएको कोइरालाले बताए । निगमका दुई पाइट सन्जयबादे श्रेष्ठ र नृपेन्द्र भट्टराईले विरामी विदा लिएकोले दुई चिनियाँ वाई-१२ ई जहाज थन्काउनुपरेर सहायक प्रवक्ता कोइरालाको दावी छ ।

यसैगरी निगमसँग रहेको चिनियाँ एमए ६० विमान दुबै ग्राउन्डेड छन् । एउटा जहजाज लामै समयदेखि ग्राउन्डेड रेपनि अर्को विमानमा पनि समस्या देखिएपछि मर्मतको काम चलिरहेको छ । निगमसँग रहका २ ट्विनअर्टर पनि ग्राउउन्डेड छन् । एउटा विमानको पंखामै समस्या देखिएपछि लामो समयदेखि मर्मतमा छ ।

चलिरहेका एउटा विमानमा पनि समस्या भएपछि थन्किएको छ । विमान ग्राउन्डेड हुनुमा प्राविधिक कारण भनिए पनि पाइलट अभाव नै मुख्य समस्या भएको निगमका एक उच्च अधिकारीले बताए । निगमभित्र पाइटलको बढुवामा राजनीतिक चलखेल भएपछि असन्तुष्ट पाइटहरुले राजीनामा दिने र बिरामी विदा बस्ने क्रम बढेको छ ।

यसै समस्यालाई हटाउन भन्दै निगमले एकपटक ५० जना पाइलट भर्ना गर्न प्रक्रिया सुरु गरेको छ । ४० जना पाइलट माग्दै केही दिनमै लोकसेवामार्फत सूचना निकालिने सहप्रवक्ता कोइरालाले बताए ।

 

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्