Logo
३० कार्तिक २०८१, शुक्रबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेरोजगारी समस्या हट्दै : गाउँपालिकाले दियो युवालाई रोजगार

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले युवाहरुलाई रोजगार दिन थालेको छ । बेरोजगारी समस्या समाधान गर्न रोजगारी दिने व्यवस्था सुरु गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

पुस ७ मा बसेको गाउँ कार्यपालिकाको बैठकले आवश्यक कार्यविधि बनाइ माघ १६ देखि १०० जना युवाहरुलाई रोजगारी दिने काम भइरहेको अध्यक्ष शाहीले बताए । प्रत्येक वडाका २८ जनाका दरले बेरोजगार युवााई गाउँपालिकाभित्रका सडक, बाटोघाटो मर्मत, सिँचाइ, नहर निर्माणजस्ता विकासे काममा खटाइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

स्वरोजगार कार्यक्रममा अध्यक्ष शाहीले छापुको सडक खोलीकुनादेखि शिल्यान्यास गर्दै बेरोजगार युवाहरुलाई काममा लगाएको छ । गरिब गाउँपालिकाका रुपमा परिचित उक्त गाउँपालिकमा स्वरोजगारको अवसर सिर्जना गरी गरिवीन्युनीकरण गर्न यो कार्यक्रम अघि सारेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुमेर शाहीले बताए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्