Logo
११ पुस २०८१, बिहीबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिकाको सहयोगमा मिर्गौला उपचार

गलेश्वर  :  म्याग्दीको मालिका गाउँपालिकाले मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ ।गाउँपालिकाभित्रका मिर्गौला रोगीको उपचारमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले रु २० हजार सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिए ।

पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले रु २० हजार सहयोग गर्ने भएको हो । हालसम्म तीन जना मिर्गौला रोगीले यो सेवा लिएको प्रवक्ता पुनमगरले जानकारी दिए ।

मिर्गौला रोगको उपचार जटिल हुने र रोगीको उपचारमा ठूलो आर्थिक खर्चको भार हुने भएकाले उपचारमा आर्थिक सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगरले बताए। विशेषगरी गाउँपालिकाभित्रका गरीब तथा विपन्न परिवारका मिर्गौला रोगीलाई लक्षित गरी सो अभियान सञ्चालन गरिएको अध्यक्ष रोकामगरले बताए । गरीब, विपन्न परिवारका मिर्गौला ‘फेल’ भएका रोगीलाई विशेष प्राथमिकता दिइने अध्यक्ष रोकामगरको भनाइ छ ।

“मिर्गौला रोगबाट गाउँपालिकाभित्रका गरीब, विपन्न परिवारका नागरिकले अकालमा नै ज्यान गुमाउन नपरोस् भनी गाउँपालिकाले यो अभियान चलाएको हो”, अध्यक्ष रोकामगरले भने ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्